Runoff election for Euless City Council Place 6 | Tika Paudel | Himalaya Talk Show

2 Просмотры
Издатель
टेक्ससको युलेस सिटी काउन्सिलमा उम्मेदवार भएका टीका पौडेलको स्थानमा पुनः निर्वाचन ‘रनअफ’ मा गएको छ । रनअफ भनेको चुनाव दोहोरिनु हो ।

सिटी काउन्सिलको प्लेस–६ को लागि चारजना उम्मेदवार थिए । चारजना मध्य कसैले पनि ५० प्रतिशत भोट नघाउन नसकेको हुँदा आउँदो जुन ६ तारिकमा फेरि चुनाव हुन लागेको हो ।

चारजना मध्य एरिक ओन्सले ४५ दशमलव ५५ प्रतिशत, टीका पौडेलले ४४ दशमलव ३६ प्रतिशत, जोसेफ रबिन्सनले ७ प्रतिशत र टिना डुरुले ३ प्रतिशत भोट प्राप्त गरेका छन् ।

विजयी हुनका लागि सदर मतको ५० प्रतिशत नघाउनुपर्छ । चार जना उम्मेदवारबीच भोट बाँडिएकोले कसैले पनि ५० प्रतिशत नघाउन नसकेका हुन् ।

Presenter: Vishan Neupane
Copyrights:

#Election #EulessCity #LocalElection #USNepal #HimalayaKhabar
Категория
Приключения
Комментариев нет.
Яндекс.Метрика